गायिका समीक्षा अधिकारीको स्वरमा रहेको ‘नो मनी जोगी बनि डुल्छु फनफनी’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

गायिका समीक्षा अधिकारी र कृष्ण काफ्लेको स्वरमा रहेको ‘नो मनी जोगी बनि डुल्छु फनफनी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा विजय गिरीको शब्द, सरोज प्याकुरेलको संगीत र विषम आचार्यको संगीत संयोजन रहेको छ ।

 

 

 

 

गीतको भिडियोमा सुरेश कोली र मनिषा थापाको अभिनय रहेको छ । महेन्द्र निरौलाको निर्देशन रहेको भिडियोले पैसा नभएका साथी सर्कलको रमाइला घटनाहरु समेटिएको छ ।

भिडियोले घरबाट अभिभावकले ‘पकेट मनी’ नदिने, पढाइमा कम, मायामा बढि ध्यान दिने युवा पुस्ताको कथा देखाएको छ ।

गीतबाट युवाहरुमाझ सकारात्मक सन्देश दिन खोजेको गीतकार गिरीले बताए । सुशिल डाँगीको छायांकन रहेको भिडियो निराजन केसीले सम्पादन गरेका हुन् ।
हेर्नुस् भिडियो ..

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *