
कहिलेकाहीँ त्यता साँ’घुरो भए सुत्न मेरोतिर आए पनि हुन्छ नि भाइ । कुनै अ’प्ठेरो मान्नुपर्दैन, आफ्नै सम्झे हुन्छ,’
म डेरा सरेको तीन दिनपछि डेरावाल दिदीले भनेकी थिइन् । दिदीको त्यो भनाइ वास्तवमै सहज थिएन, उनले मलाई किन त्यसो भनिन् ? तीन-चार दिनसम्म मलाई सोचमग्न बनाएको थियो ।
म बस्ने माथिल्लो तलामा दिदीको कोठा थियो । उनी को हुन्, यो शहरमा के गर्छिन् र उनको परिवारमा को कति छन् भन्ने केही जानकारी थिएन मलाई । एउटै घरमा बस्ने भएकोले उनीसाग मेरो हाइ-हेल्लोको मात्र सम्बन्ध थियो ।
घरको तल-माथि गर्दा देखादेख हुन्थ्यो । उनी मलाई देख्ने बित्तिकै मसक्क म’स्केर केही न केही सोधिहाल्थिन् – ‘चिया पिउनुभो ? खाना खानुभो ? नुहाउनुभो … ?’
यस्तै-यस्तै सवाल रहन्थे उनका । उनले सोधेका सवालहरुको सीधा जवाफ दिनु नै उचित ठान्थेँ म, साथमा फिस्स मुस्कान छोडेर बाटो लाग्थेँ । हुन पनि घरमा बसेकै हकमा सबै डेरावालसँग सम्पर्क बढाउने र दोस्ती गर्ने मेरो बानी कहिल्यै बसेन । म शहरमा बस्न थालेको पनि अठार वर्ष भयो होला ।
प्रतिकृया दिनुहोस्