बस दु’र्घटना हुँदा १२ जना पर्यटकको ज्यान गयो, ३१ जना घाइते

साउन २२, २०७९ आइतबार 88

बस दु’र्घटना हुँदा १२ जना पर्यटकको ज्यान गयो, ३१ जना घाइते

क्रोएशियामा पर्यटक बोकेको बस दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ । ३१ जना घाइते भएका छन् । पोल्याण्डबाट घुम्न गएका पर्यटक बोकेको बस क्रोएशियाको जरेक विसास्की नजिकै सडकबाट खसेको बीबीसीले जनाएको छ ।

घाइते भएकामध्ये केहीको गम्भीर अवस्थामा उपचार चलिरहेको छ । ज्यान गुमाउने सबै पोल्याण्डका वयस्क नागरिक रहेका खबरमा उल्लेख छ । उनीहरु बोस्नियाको क्याथोलिक तीर्थस्थल मेदजुगोर्जे जाँदै थिए । क्रोएशियाका प्रधानमन्त्री डाभोर बोज्निनोभिकले ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जली दिँदै घाइतेहरुको ज्यान बचाउन हरसम्भव कोसिस गर्ने बताउनुभएको छ । घटनापछि पोल्याण्डका २ जना मन्त्री क्रोएशिया जान लागेका खबरमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्