काठमाडौं महानगरपालिकाले सुरु गरेको सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना भत्काउने अभियानमा आफू पनि सँगै रहेको महानगरकी प्रमुख सुनिता डङ्गोलले बताउनुभएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
जग्गा अतिक्रमण गरी बनाएका संरचना तथा घरको भुईँतला वा बेसमेन्टलाई पार्किङको प्रयोजन देखाई पछि अन्य व्यापारिक प्रयोजनमा लगाएका संरचना हटाउने कार्यलाई केही दिनदेखि काठमाडौं महानगरपालिकाले निरन्तरता दिँदै आएको डङ्गोलले बताउनुभएको छ ।
डङ्गोलले आइतबार एक अपिल जारी गर्दै त्यस्ता अनधिकृत संरचना हटाउने अभियान काठमाडौँ महानगरपालिकाको भएको प्रष्ट पार्नुभएको छ । ‘म काठमाडौँ महानगरपालिकाको उपमेयरको हैसियतमा छु, त्यसैले कानुन कार्यान्वयन गर्ने सबै कार्यमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु’, डङ्गोलले जारी गर्नुभएको नोटमा उल्लेख छ ।
काठमाडौं महानगरलाई स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने एजेण्डाप्रति आफू सजग र सचेत रहेको डङ्गोलले स्मरण गराउनुभएको छ । महानगको सो अभियानलाई जोडेर आफ्नो विरुद्ध केही सञ्चार माध्यमले भ्रम फैलाउने काम गरेको भन्दै डङ्गोलले आपत्ति जनाउनुभएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****