साउन २३ गते सोमबार , हेर्नुहोस यस्तो छ तपाइको राशिफल

साउन २२, २०७९ आइतबार 140

साउन २३ गते सोमबार , हेर्नुहोस यस्तो छ तपाइको राशिफल

मेष । आज कार्यमा सम्पादनमा समस्या आउला । पारिवारिक उल्झनमा परि काम बिग्रिएला । सरकारी निकायको भय पनि रहनेछ ।

वृष । आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा शान्ति छाउला । सफलता र उपहार पाइने सम्भावना पनि रहेको छ ।

मिथुन । आज मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति नै हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

कर्कट । आजबाट आयआर्जनका क्षेत्रमा सुधार विस्तारै आउनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ ।

सिंह । आज धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।

कन्या । आज चिताएको कामले तीव्रता लिनेछ । व्यापारव्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ ।

तुला । स्वास्थ्यप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुनेछ । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । मनमा चञ्चलता बढ्नसक्छ ।

वृश्चिक । आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दाम्पत्य जीवन पनि सुखमय नै रहनेछ ।

धनु । आज जोशजाँगर र हिम्मत बढ्नेछ । नयाँ काम वा रोजगार पाइनेछ । धार्मिक कार्यमा सफलता मिल्ला । शुभकार्यको चर्चा पनि चल्नेछ ।

मकर । आज धर्मकर्म, तथा समाजसेवामा मन लाग्नेछ । अरुको मन जित्न सकिनेछ । शुभकार्यको योजना हुनेछ, तर साँझमा भने खर्च बढ्नेछ ।

कुम्भ । आज अनावश्यक यात्रा हुनसक्नेछ । आफन्तसँग मनमुटाव बढ्ने देखिन्छ । गलत आश्वासन बाँड्नाले आफैलाई समस्या आउन सक्छ ।

मीन । मङ्गल कार्यको योजना बन्नेछ । कृषि कार्यमा सहभागी भइएला । नयाँ रोजगारको अवसरले पछ्याउनेछ । स्वादिष्ट खानेकुरा पनि मिल्नेछ ।  

प्रतिकृया दिनुहोस्