क्वालालम्पुर : मलेसियाको प्रतिष्ठित कम्पनी Jinko Solar कम्पनीले न्युनतम तलब वृद्धि गरेको छ ।
मलेसियाको jinko solar ले यो बर्ष राम्रो आम्दानी तथा कार्य सम्पन्न भएकोले बोर्ड मिटिङ बाट सबै कामदारको न्युनतम तलब वृद्धिको निर्णय गरेको सन्चार माध्यमले जनाएको छ ।
मलेसियाको Jinko Solar ले हाल कामदारलाई १५ सय रिङ्गेट सबै कर्मचारीलाई दिई रहेको छ भने १५ सय भन्दा बढी पनि रकम दिने घोषणा गरेको छ ।
मलेसिया सरकारले सबै कम्पनीलाई बिदेशी कामदारको न्युनतम तलब वृद्धि गरेर कम्तिमा पनि RM १५ सय पुराइ सकेको छ ।
मलेसिया सरकारले सन 2022 को मे देखी सबै कम्पनीले न्युनतम तलब सरकारले तोकेको बनाउनै पर्ने भनेको छ भने रोजगारदाता कम्पनीले सो को बिरोध गर्दै आएका भए पनि केही राम्रा कम्पनीले सरकारले तोकेको तलब दिन सुरु गरेका छन् ।