बिहान उठ्न अल्छी लाग्छ साथीहरु ?

अंग्रेजीमा एउटा भनाइ छ अर्ली टू बेड एण्ड अर्ली टू राइज, मेक्स अ म्यान हेल्दी, वेल्दी एण्ड वाइज । अर्थात् जो मानिस रातमा छिटै सुत्ने र बिहान सबेरै उठ्ने गर्दछन् उनीहरु स्वस्थ बुद्धिमान तथा धनी हुन्छन् । बिहान सबेरै उठ्नाले स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । बिहानको समयमा मानिसको इच्छा शक्ति उच्च हुन्छ र दिन लाग्दै गएपछि यसमा कमी आउँछ ।

 

 

 

 

त्यसैले बिहानको समयमा सिर्जनात्मक सोँचाइ, समस्या समाधान जस्ता विषयमा बढि प्रभावकारी बन्दछ । त्यसैले बिहानको समयलाई बुद्धिमत्तापूर्ण उपयोग गर्नु आवश्यक हुन्छ । दिनभर कामको व्यस्तता तथा थकानको कारण हामीलाई चाँडै निद्रा लाग्छ र बिहान ढिलासम्म निद्रा खुल्दैन । बिहान ढिलासम्म सुत्नाले हाम्रो शरिर आलस्य हुनुका साथै तनाव बढ्ने हुन्छ ।

र हामी चाहेर पनि बिहान चाँडो उठ्न सक्दैनौं । त्यसैले हरेक दिन यी टिप्स अपनाउनुस्, जसले बिहान चाँडै उठ्नमा मद्दत गर्नेछ । अर्लामलाई आफुभन्दा यति धेरै टाढा राख्नुस् कि आवाज मात्र सुन्नियोस् र त्यसलाई बन्द गर्न आफै उठ्नुपरोस् । एकपटक ओछ्यानबाट उठिसकेपछि निद्रा आफै हराएर जान्छ । आफु सुत्ने कोठाको तापक्रम १८ देखि २२ डिग्री सेल्सियसकाबीच राख्नुस् ।

यसले रातको समयमा बेलाबेलामा निद्रा खुलाउछ र बिहान चाडै उठ्नमा सहयोग पुग्छ । विहानको अर्लामिङ समय ५ मिनेटको दरले कम गर्नुस् । हरेक दिन यसो गर्नाले बिहान चाँडो उठ्ने बानीको विकास हुन्छ ।

सुत्नुअघि विद्युतिय सामान ओछ्यानबाट टाढा राख्नुस् । राती सुत्दाखेरी मोवाइल तथा ल्यापटमसंगै राखेर तथा चलाएर ओछ्यानमा बस्नाले निद्रा हराउछ र बिहान चाँडो उठ्न सकिदैन ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *