विहे नगरी बच्चा जन्माउने इच्छा छ, त्यो पूरा गर्छु

नायिका नम्रता सापकोटाले आफूसँग जोडिएर आएको प्रेमको चर्चालाई नकार्न नसक्ने बताएकी छन् ।न्यूज २४ को ‘ई टक’ कार्यक्रममा बोल्दै आफू धेरै कोएक्टरसँग सँगत गर्नु परिरहेको अवस्थामा बाहिर आउने प्रेमका चर्चाहरुलाई नकार्न नसक्ने उनले बताएकी हुन्।

 

 

 

 

‘कहिले काँही आफूसँगै अभिनय गरिएको ‘को एक्ट’सँग बसिन्छ । चिया कफी खाइन्छ बोलिन्छ । साथी सर्कल भनेको त्यही हो,’ उनले भनिन् ‘ त्यसरी देख्दा देख्दै अफियर छ भनेर न्यूज आउछ भने म इजी वेमा लिन्छु । कता लुकाउनु सबै।’

उनले हालको अवस्थामा सिंगल रहेको पनि खुलाएकी छन् । विवाहको समय पुगेको भएपनि विवाह नगरि बच्चा पाउने इच्छा रहेको उनले बताइन् । त्यो पूरा गर्ने समेत उनले बताइन् ।

‘साच्ची भन्दा खेरी बिहे चाही होइन, बच्चा चाही पाउन मन छ मलाई’, बिहे नगरी बच्चा पाउने पक्षमा हो तपाई रु भन्ने दोहोरो प्रश्नमा उनले भनिन् ‘समयले के मोड लिन्छ मलाई थाहा छैन । तर म बच्चा चाही पाउँछु । बिवाह गरेर हुन्छ वा नगरी हुन्छ । जे पनि हुनसक्छ ।

 

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *