निशा राई टोलको एकजना शुभचिन्तक आन्टी प्राय सोधिरहन्छिन् ‘हैन तिमी बिहेचाहीँ कहिले गर्ने नि। म अलि फिल्मी पारामा स्टाइल मारेर जवाफ दिन्छु ‘मन परेको मान्छे पो लोग्ने बनाउने नत्र सिंगलै ठीक। एकदिन आन्टीले ममीलाई भनेकी थिइन् रे तपाईं की छोरी उ’त्ताउली छे टेढो टेढो जवाफ दिन्छे। हो, म उ’त्ताउली भएँ। किनकी जीन्दगीको महत्वपूर्ण निर्णय बिहेलाई कसैले शालीनतासँग जोडेर प्रश्न सोध्यो मैले त्यसको सिधा जवाफ मात्र दिएको हो। पछिल्लोपल्ट शितल दाहालले लेखेको मेरो बिहे किन हुँदैनरु लेखले मलाई असाध्यै छोयो। मैले पनि एकपल्ट जिस्क्याएर उनलाई सोधेकी थिएँ ए दिदी बिहे नगर्ने । कि धनी केटा खोज्दै हो । उनले हाँस्दै जवाफ फर्काएकी थिइन् ‘मजस्तो आफैं काम गरी खानेले के धनी केटा खोज्नुपर्यो। मलाई बिहे गर्ने केटा चैँ धनी हुन्छ बुझ्यौ। उनको जवाफपछि हामी मरीमरी हाँसेका थियौ। ठट्यौली गफको मिठो सन्देश असाध्यै चित्तबुझ्दो थियो ‘लोग्नेको भरमा नपर्ने जीवन रोज्ने। तर समाजको आँखामा यस्ता ठट्यौली गफ दिने केटीहरू वेशरमी हुन्छन्।पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻
