मलेसियाको Boustead ले कामदारलाई अब बेसिक १८ सय दिने
क्वालालम्पुर : मलेसियाको कम्पनी Boustead Plantations मलेसिया कम्पनीले कामदारलाई उत्कृष्ट सुबिधा दिने कम्पनीमा परेको छ ।
Boustead Plantations कम्पनीले २०२२ जनवरी देखिको महिना देखिकै लागू हुनेगरी बेसिक तलब १८ सय पुराएको छ ।
यो घोषणा संगै अन्य कम्पनीलाई अब बेसिक तलब १४ सय बनाउनै पर्ने दबाब सृजना भएको छ भने अन्य ठुला कम्पनीलाई पनि तलब सुबिधा बढाउन दबाब आएको छ ।
सेवा सुबिधा र बेसिक तलब मापनको मामिलामा धेरै बेसिक तलब दिने पहिलो कम्पनी बनेको छ । अन्य कम्पनीले १२ सय बेसिक तलब दिने गरेकोमा दुई चार वटा कम्पनिले मात्रै सरकारले तोकेको बेसिल तलब दिएका छन् ।
यस अघि सामसुङ मलेसिया कम्पनीले २०२२ जनवरी देखिको महिना देखिकै लागू हुनेगरी बेसिक तलब १७ सय पुराएको छ ।
मलेसियामा रहेको Boustead Plantations फ्याक्ट्रीमा ठूलो संख्यामा नेपाली कामदार काम गर्दै आएको मलेसियामै रहेका एक नेपालीले बताए ।