कोरियाले मौसमी कामदार यो मितिबाट लैजान सुरु हुने, इच्छुकले यसरी सम्पर्क गर्नुस्..
सोल — लामो समयदेखि कामदार अभाव खेप्दै आएको दक्षिण कोरियाले मौसमी कामदार ल्याउने भएको छ ।
अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कामदार ल्याउँदा धेरै समय लाग्ने भएकोले छिटो र सरल तरिकाले मौसमी कामदार भित्र्याउन लागेको कोरियाली न्याय मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले नेपाल, भियतनाम, थाइल्यान्ड र कम्बोडियाबाट यो वर्ष ११ हजार ५ सय ५० जना कामदार ल्याउन लागिएको जनाएको छ ।
कृषि र माछापालनमा काम गर्नेगरी ल्याउन लागिएका मौसमी कामदार तीन महिनादेखि पाँच महिनासम्म कोरिया बस्न पाउनेछन् ।