आज ह्वात्तै बढ्यो डलरको भाउ सहित, यी देशका मुद्राको भाउ..

अषोज ९, २०७९ आइतबार 374

आज ह्वात्तै बढ्यो डलरको भाउ सहित, यी देशका मुद्राको भाउ..

काठमाडौं ।नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको नेपाली विनिमय दर तोकेको छ । आजको लागि तोकिएको विनिमय दर अनुसार भारतीय रुपैयाँ १०० को नेपाली खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

 

 

 

अमेरिकी डलरले भने आज नेपाली विनिमय बजारमा नयाँ रेकर्ड राखेको छ । अमेरिकी डलर आज पहिलो पटक सबैभन्दा उच्च विन्दुमा पुगेको छ । डलर एकको नेपाली खरिद दर १२९ रुपैयाँ ०८ पैसा र बिक्री दर १२९ रुपैयाँ ६८ पैसा पुगेको छ ।

त्यसैगरी, युरो एकको नेपाली मूल्य १२७ रुपैयाँ ५७ पैसा र बिक्री दर १२८ रुपैयाँ १६ पैसा, पाउण्ड स्ट्रलिङ एकको नेपाली खरिद दर १४६ रुपैयाँ ३४ पैसा र बिक्री दर १४७ रुपैयाँ ०२ पैसा,

स्वीस फ्रयांक एकको १३१ रुपैयाँ ७९ पैसा र बिक्री दर १३२ रुपैयाँ ४१ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८५ रुपैयाँ ६७ पैसा र बिक्री दर ८६ रुपैयाँ ०७ पैसा रहेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्