जाने होईन माल्टा : ३३० नेपालीको माग आयो, लागत र तलब यस्तो छ हेर्नुस्..
काठमाडौं : युरोपेली देश माल्टाको लागी वैदेशिक रोजगारमा ठूलो संख्यामा नेपालीको माग आएको छ ।
माल्टा पछिल्लो समय नेपालीको पहिलो रोजगारको गन्तब्य देश बन्दै गएको छ ।
राम्रो तलब, अन्य सुबिधा अनि युरोपेली देश भएका कारण मिल्ने अन्य सुबिधाको कारण नेपालीको प्रमुख गन्तव्य देश बन्दै गएको छ ।
हालमात्रै माल्टाबाट ३३० जना नेपालीको लाही एक कम्पनीबाट माग आएको छ ।
विभिन्न पदहरुमा नेपालिको माग आएको छ भने तलब मासिक १ लाख २७ हजार नेपाली रुपैयाँ हुने बताइएको छ ।
यो रोजगारमा जान इच्छुकले सिधै मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्नुहोला ।