एजेन्सी । व्यापार प्रवर्द्धनका लागि विभिन्न खालका आर्कषक अफरहरु सुनिन्छ । जस्तै, ‘एउटा सामान किन्दा अर्को सामान सित्तैमा’ लगायत अफर सुनिएकै हो । तर भर्खरै यो अफरलाई पनि चुनौति दिँदै बजारमा ‘घर किन्दा श्री मती सित्तैमा’ भन्ने अनौठो अफर अहिले चर्चामा छ ।
यो अफर हो इण्डोनेसियाको । जहाँ घर किन्दा श्रीमती सित्तैमा पाइने एउटा विज्ञापनले अहिले ठूलै तहल्का मच्चाएको छ र उक्त विज्ञापन इण्टरनेटमा भाइरल बनेको छ । एकजना महिलाले आफ्नो घर बिक्रिका लागि विज्ञापन गरेकी छिन् र आफ्नो घर किन्ने पुरुषले आफूलाई श्रीमतीको रुपमा पाउने घोषणासमेत गरेकी छिन् ।
यो अनलाइन विज्ञापनको सुरुवाती हिस्सा सामान्य विज्ञापन जस्तो छ र यसमा घरमा रहेका विशेषता उल्लेख गरिएको छ । तर अन्त्यतिर भने दुर्लभ अफर प्रस्तुत गरिएको छ ।
जसमा भनिएको छ जसले यो घर किन्नुहुन्छ उसले यो घरकी मालिक्नीसँग बिहेको प्रस्ताव गर्न सक्नुहुन्छ ।’ विज्ञापनमा घर मालिक्नीको तस्वीर समेत दिइएको छ । विना लिया नामकी ती ४० वर्षे महिला श्रीमानको मृस त्युसंगै हाल एकल महिलाको रुपमा रहेकी छिन् र उनको आफ्नो सैलुन समेत छ ।