सानै उमेरमा नै गायिका बनेकी समीक्षा अधिकारी पछिल्लो समय पल शाहसँगको कन्ट्रोभर्सीका कारण चर्चामा छिन् । उनीहरू दुवैले यस विषयमा स्पष्ट रूपमा नबताउँदा सञ्चारमाध्यममा विभिन्न टीकाटिप्पणी भइरहेका छन् । कहिले स्ट्याटस लेख्ने त कहिले पहिला लेखेको मेरो स्ट्याटसमा भएका कुराहरू सत्य हैनन् भन्दै समीक्षाले बालापन देखाउँदा अर्का नायक तथा अभिनेता पल शाह पनि
चुप नै लागेका बसेका छन् । किशोरावस्थामै समीक्षाले कमाएको चर्चा र सफलता निकै लोभलाग्दो छ । उनको स्वरका पारखी धेरै छन् । तर, सानै उमेरदेखि प्रेम सम्बन्धमा फस्दा उनको करिअर प्रभावित बन्न थालेको आङ्कलन गर्न थालिएको छ । नायक पल शाह ९वास्तविक नाम पूर्णविक्रम शाह० ले सिने नगरीभित्र ‘प्ले ब्वाइ’ छवि बनाएका छन् ।
चलचित्र वा म्युजिक भिडिओमा सहकार्य गरेका धेरै महिला कलाकारसँग उनको नाम जोडिएको छ । पछिल्ल्लोपटक उदीयमान गायिका समीक्षा अधिकारी उनीसँगको सम्बन्धमा जेलिन पुगेकी हुन् ।
खैर जे भए पनि नेपाली मनोरञ्जन क्षेत्रमा यस्ता गसिप चलिरहन्छन् । आज भने हामी गसिप भन्दा पनि गायिका समीक्षाले हालै मात्रै शेयर गरेका केही तस्बिरहरू यहाँ राख्दै छौँ ।
हुन त गायिकाले आफू नायिका बन्ने रहर लागेको बताउँदै आइरहेकी छिन् । एक अनलाइनसँगको कुराकानीमा उनले अबको ४ देखि ५ वर्षपछि चलचित्रमा अभिनय गर्ने सोच बनाएको बताएकी थिइन् ।