म मुलुकलाई समृद्ध बनाउने अभियानमा छु मलाई देश र जनताको चिन्ता छ : देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताप्रति उत्तरदायी शासन व्यवस्था संसदीय लोकतन्त्रमा मात्रै प्रभावकारी हुने बताएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

 

 

 

 

६४ औं संसद दिवसका अवसरमा पूर्वसांसद मञ्च र संघीय संसद सचिवालयले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्जनताबाट निर्वाचित,

अनुमोदित प्रतिनिधि रहने संसद लोकतान्त्रिक शासन प्रणालीको महत्वपूर्ण आधारस्तम्भ हो,’ देउवाले भने,‘जनताप्रति उत्तरदायी शासन व्यवस्थामा संसदीय लोकतन्त्रमा मात्रै प्रभावकारी हुन्छ भन्ने हामी सबैले बुझेको विषय हो ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकलाई समृद्ध बनाउने अभियानमा रहेको पनि बताएका छन् । यो अभियान सफल बनाउनु सबैको दायित्व रहेको पनि उनले बताएका छन् ।

६४ औं संसद दिवसको अवसरमा आज संसद भवनको ल्होत्से हलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘अहिले हामी संघीय लोकतान्त्रिक गणतान्त्रिक संसदीय व्यवस्था मार्फत मुलुकलाई समृद्ध बनाउने अभियानमा छौं । मुलुकलाई विकासशील बनाउने हामी सबैको दायित्व हो ।’

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *