पर्वतका मनोज भुसाल बेलायतको स्थानीय समय बिहान ७ः३० बजे सानो गाडा (ट्रली) गुडाउँदै स्ट्रबेरी टिप्न निस्किए । उनको टोलीमा ८ जना नेपाली कामदार थिए ।
सबैले चिसो हावा छेक्न बाक्लो टोपी, पानीले नभिज्ने ज्याकेट र बुट लगाएका थिए । कसैले एउटा हातमा टिफिन झुन्ड्याएका थिए भने अर्को हातले सानो एकपाङ्ग्रे ट्रली घिसारिरहेका थिए । कसैले ब्यागभित्र टिफिन हालेका थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
मनोजले बेलायतको स्कटल्यान्डस्थित कानुस्टेको स्ट्रबेरी फार्ममा स्ट्रबेरी टिप्न थालेको दुई महिना भइसकेको छ । ‘हामी अहिले स्ट्रबेरी टिप्न जाँदै छौं, यो काम दिनभर हुन्छ,’ मनोजले भने, ‘स्ट्रबेरी नटिप्ने दिनमा भने गोडमेल गर्छौं ।
ठूला लहरा हटाउँछौं ।’ उनी २ लाख रुपैयाँ खर्च गरेर ६ महिने कृषि कामदारको रूपमा बेलायत पुगेका हुन् । ‘मानसिक र शारीरिक रूपमा तयार भएर आउनुपर्छ,’ उनले भने ।
गत जुन १ मा बेलायतको क्यान्टाबरी पुगेकी काठमाडौंकी सम्झना गिरीले दैनिक ८ देखि ९ घण्टा स्ट्रबेरी टिप्ने काम गर्नुपर्ने बताइन् । ‘हामी बसेको ठाउँदेखि काम गर्ने ठाउँमा पुग्न २५
मिनेटजति लाग्छ, जतिखेर पनि चिसो–चिसो हावा चलिराख्छ, घाम मज्जाले लागेको भए पनि चिसै हुन्छ,’ उनले भनिन्, ‘सुरु सुरुमा भएर होला, मलाई काम गर्न कठिन नै लागिरहेको छ । गर्न सक्नेहरूले भने मज्जाले गरिरहेका छन् ।’ उनी काम गर्ने फार्ममा २१ जना नेपाली कामदार छन् ।