काठमाडौँ- ‘प्रेमगीत ३’ फिल्मले नेपालमा सुरुवाती दुई दिनमा ४ करोड २५ लाख रुपैयाँ ग्रस कमाएको छ ।नेपाली संस्करणले घरेलु बक्स अफिसमा शुक्रबार २ करोड ५ लाख ग्रस र शनिबार २ करोड २० लाख रुपैयाँ ग्रस कमाएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
भारतमा फिल्मको हिन्दी संस्करणले भने दुई दिनमा १ करोड ९५ लाख भारु कमाएको छ । शुक्रबार भारतमा १ करोड १२ लाख र शनिबार ८३ लाख भारु कमाइ भएको छ ।ओभरसिजमा शुक्रबार १ करोड ६७ लाख भारु कमाएको फिल्मले शनिबार १ करोड २३ लाख रुपैयाँ कमाएको हो।
ओभरसिजमा दुई दिनमा फिल्मले २ करोड ९० लाख भारु कमाएको छ ।दुई दिनमा ‘प्रेमगीत’को हिन्दी र नेपाली संस्करणले गरी विश्वव्यापी ८ करोड ७९ करोड भारु अर्थात् १४ करोड ६ लाख रुपैयाँ कमाएको छ । शुक्रबार ४.८४ करोड भारु र शनिबार ३.९५ करोड कमाइ गरेको हो ।
नेपालमा हाल ‘प्रेमगीत ३’ले फिल्मको नेपाली संस्करण मात्रै हलहरुमा चलिरहेको छ। नेपालमा सोमबारदेखि हिन्दी संस्करण पनि रिलिज हुने भएको छ। हिन्दी संस्करण रिलिजपछि कमाइमा वृद्धि हुने देखिएको छ ।यता चलचित्र विकास बोर्डले ‘प्रेमगीत ३’ विवादमा पहिलोपटक औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छ ।