रोल्पाको नुवागाउँमा जन्मेकी ज्योति मगर हाल कोटेश्वरमा बस्छिन् । पछिल्लो समय निकै चर्चामा रहेकी उनी दर्शकमाझ गायिकाका रुपमा ‘उही मूलाको सिन्की उही मूलाको चाना’बाट चर्चित भएकी हुन् ।
कहिले टेलिभिजनले उनको अन्तरवार्ता रोकिदिएको त कहिले उनले बोलेको कुराले मिडियामा छाइरहन्छिन् । विदेशमा हुने सांस्कृतिक कार्यक्रममा उनको माग बढिरहेको छ । उनीसँग एक अनलाइनले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छाैँ
(हास्दै) हेर्नु, मैले फेसबुक त भर्खर हो चलाउन थालेको । फेसबुक नचलाउदा पनि साथीहरुले तेरो त फेसबुक रै’छ भन्नुहुन्थ्यो । जबकी मैले फेसबुक नै त्यो बेला चलाउँदैन थिएँ । अब आफै बुझ्नु । मेरो धेरै झुठा फेसबुक आइडी, पेज छन् ।
बेलाबखत त निकै चर्चामा आउनु हुन्छ नि ? तपाईंंको अन्तरवार्ता त नेपाल टेलिभिजन र हिमालय टेलिभिजनले रोक पनि लगाएछ ?
यस्तै हो । खोइ, उहाँहरुलाई के कारण रोक लगाउनुभयो । मिडियामा आएअनुसार मेरो पहिरनलाई भनिएको छ । म त गायिका भन्दा आफूलाई पर्फमर मान्छु । जुन म हो पनि । त्यसकारण एउटा पर्फमरले आफूलाई चिटिक्क त देखाउन चाहन्छ नि !