मोटी भएकै कारण ब्वाइफ्रेन्ड पाइन

विमलनगरकी सुजना श्रेष्ठ स्टन्ट राइडर हुन्। सन् २०१५ मा ‘मिस तनहुँ’ बनेकी उनको वजन केही महिना अगाडिसम्म १ सय १ केजी थियो। अहिले आफ्नो वजन घटाएर उनले ६५ केजीमा झारेकी छिन्।

 

 

 

 

उनी बस्ने ठाउँमा जिमको सुविधा छैन। उनले घरमै छ महिनामा ३६ किलो वजन घटाएकी हुन्। सानोमा म एकदमै दुब्लो थिएँ। कक्षा ११ मा हुँदा सवारी दु’र्घटनामा परेँ। बेड रेस्ट गर्नुप¥यो।

खानपानमा कन्ट्रोल भएन। घरमै रेस्टुरेन्ट थियो। मीठो–मीठो खानेकुरा पाक्थ्यो। जे पनि खाइदिन्थेँ। रेस्टुरेन्टमा मीठोमसिनो पाक्दा मन थाम्नै सक्दिनथेँ। खाने काम मात्रै भयो, एक्सरसाइज केही भएन।

खानपान र अल्छीपनले मोटाउँदै गएँ। सबैले मलाई मोटी भन्न थाले। छरछिमेकले ‘छोरी धेरै मोटाई, दुब्लाउन लगाउनु न’ भन्दै आमाबुबालाई सल्लाह दिन्थे।

ब्वाइफ्रेन्डसँग ब्रे’कअप – पाँच वर्षअघि म प्रेम सम्बन्धमा थिएँ। त्यो बेला मेरो तौल ७५ केजी थियो। ब्वाइफ्रेन्डले मेरोअगाडि कहिल्यै मलाई मोटी भनेन। खासमा भन्ने हो भने मेरो मोटोपनबारे केही कुरै हुँदैनथ्योे। तर, मेरोपछाडि साथीहरूसँग यस्तो कुरा गर्ने रहेछ। मलाई मोटी भन्ने रहेछ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *