केही मिनेटमै अनुहारलाई गोरो र चम्किलो बनाउन अपनाउनुहोस् मात्र यो घरेलु उपाय

काठमाडौँ । अनुहार हाम्रो व्यक्तित्वको ऐना जस्तै हो । त्यसैले हरेक व्यक्तिका लागि उनीहरुको अनुहारको सुन्दरताले निकै महत्व राख्ने गर्छ। स्त्री हो वा पुरुष, जो कोहीले आफ्नो सुन्दरता बढाउनका लागि विभिन्न उपाय अपनाउने गर्छन्।

आज हामी तपाईलाई केही घरेलु उपायका बारेमा जानकारी दिदैछौँ। जसले केही दिनमै तपाईको सुन्दरतामा निखारता ल्याउन सहयोग गर्ने गर्छ। आउनुहोस् जानौँ कुन कुन हुन् त ती उपाय ?

सामाग्री : एलोभेरा जेल, बेबी ओइल (बच्चालाई लगाउने तेल), ग्लिसिरीङ

उपायः तपाईले एउटा कचौरामा एक चम्चा बेबी ओइल, एक चम्चा ग्लिसिरीङ र एक चम्चा एलोभेरा जेललाई राख्नुहोस्। अब तपाईले यिनीहरु सबैलाई राम्रोसँग मिलाउनुहोस् ।

त्यसरी तपाईले यी बनाएका मिश्रणलाई आफ्नो अनुहारमा राम्रोसँग लगाउनुहोस्। राम्रोसँग सुकेमात्र मात्र यसलाई चिसो पानीले पमाल्नुहोस्। यो पखाल्दा विस्तारै विस्तारै हल्का हातले अनुहार दल्नुहोस् ।

यसो गर्दा यो मिश्रण तपाईको अनुहारको छालाको भित्रसम्म पुग्छ र बाहिर मृत छालालाई निकाल्न सहयोग गर्छ। यो उपाय दिनमा एक पटक गर्नुभयो भने केही दिनमै तपाईको अनुहार गोरो र चम्किलो हुन थाल्छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *