कसरी से’क्स गर्दा महिलाको वि’र्य झर्छ?

अषोज ११, २०७९ मंगलबार 325

कसरी से’क्स गर्दा महिलाको वि’र्य झर्छ?

डा. राजेन्द्र भद्रा, तपाईंको प्रश्नको जवाफ दिनुभन्दा पहिले मानव यौन प्रतिक्रिया चक्रका बारेमा चर्चा गर्नु उपयुक्त होला । यसका चरणहरू १. उत्तेजनाको चरण, २. Plateau चरण, ३. चरमसुख चरण र ४. Resolution Phase (रिजोलुसन चरण) हुन् । प्लाटो फेजमा भएको यौनलाई निरन्तर रूपमा बढाउँदै लान सकिए एउटा त्यस्तो बिन्दुमा पुगिन्छ जसमा पुगेपछि व्यक्ति यौन तनावबाट मुक्त हुन्छ । यही बेला मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दहरूमध्ये सम्भवत: सर्वोत्कृष्ट सुख अनुभव गर्छ । यसैलाई चरमसुख भनिन्छ ।

 

 

 

 

Plateau Phase मा महिलाहरूमा योनिद्वार अझ खुल्ने तथा त्यसवरिपरिको भाग फुलेर अर्थात् ठूलो भएर आउँछ । यसरी योनिद्वार वरिपरिको भाग बढ्ने भएकाले भगांकुर अलि भित्र दबेजस्तो देखिन्छ भने स्तनको आकार केही बढ्छ । आधाभन्दा बढी महिलामा अनुहार र छाला रातो (Sex Flush) हुन्छ । पुरुषले जस्तै यो चरणमा महिलाले पनि आन्तरिक न्यानोपन तथा दबाब महसुस गर्छन् ।

मांसपेशीहरूमा तनाव पैदा हुन्छ, मुटु तथा स्वासप्रश्वासको गति एकदम तीव्र हुन्छ तथा रक्तचाप बढ्छ अनि चरमसुखको चरणमा मांसपेशीहरूमा निकै तनाव आई आफैं खुम्चने तथा खुल्ने हुन्छ । स्वास–प्रश्वास तथा मुटुको गति बढेर दोब्बर हुन्छ र रक्तचापसमेत वृद्धि हुन्छ । महिलाहरूमा पाठेघर तथा योनिको बाहिरी भाग तथा शरीरको तल्लो भागका मांसपेशीहरू खुम्चने तथा फुक्ने हुन्छ । पूर्ण चरमसुख प्राप्त गर्ने क्रममा मांसपेशी खुम्चने–फुक्ने क्रम १० देखि १५ पटकसम्म चल्छ ।

प्रतिकृया दिनुहोस्