केही समय अगाडी देखि सामाजिक सञ्जालमा निकै चर्चा छ पह शाह कान्ड । यो घटनामा मुख्य रुपमा जोडिएको नाम हो समिक्षा अधिकारी ।
लामो समय पछी गायिका समिक्षा अधिकारीले आफ्नो मुख खोल्दै ,
आफ्नो बदनाम नगर्न आग्रह गरेकी छिन । उनले फेसबुकमा लामो स्टाटस लेख्दै भनेकी छिन , क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनसाय पनि छैन। उनको स्टाटस जस्ताको तस्तै
मलाई माया गरेर यो स्थानसम्म पुर्याउनु हुने सम्पूर्ण श्रोता तथा दर्शकबृन्दहरुमा मेरो हार्दिक नमस्कार१ यहाँहरू सबैलाई अवगत भएकै कुरा हो। म बिगत लामो समयदेखि एउटा दुखद घटना भोगिरहेकी छु । उक्त घटना मेरो र नेपालको कलाकारीता क्षेत्रका निम्ति नै दुखद घटना हो।
सामाजिक सञ्जालमा मेरो विरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकरात्मक प्रभाव परेको छ। कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला।