देशको बिग्रँदो परिस्थिति। स्वार्थमा लिप्त राजनीति। दिनप्रतिदिन बढेको बेरोजगारी समस्या। ओछ्यानबाट पूर्ण चन्द्रमा देखिने घर। आमाको फाटेको चोली। बाबाको उध्रेको टोपी। भाइबहिनीहरूको मलिन अनुहार। असल समाज र स्वाभिमानी राष्ट्रको परिकल्पना। जवानीवयका रंगीन सपनालाई तिलाञ्जली दिएर हरियो पासपोर्टमा जवानी धितो राख्दै प्रवासिएको वर्षौ बितेछ। निरन्तर स्रोह/सत्र घन्टा काम। थाकेको शरीर दुखेको मन लिएर कोठामा फर्कंदा आफू कुन एङ्गलबाट जिउँदो छु भन्ने सोच्न बाध्य हुन्छु। हाय ! कस्तो नर्कमय जिन्दगी ! न प्रेम, न आशीर्वाद। यही चिसो सिरानीसँग परिचित छु, वर्षौदेखि।पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻
