अषोज १४, २०७९ शुक्रबार 128

काठमाडौँ | स्वास्थ्य क्षेत्रका दक्ष नेपाली जनशक्तिलाई ब्रिटेनमा रोजगारी दिनेबारे नेपाल र ब्रिटेनले एउटा समझदारी गरेका छन्
सोमवार काठमाण्डूमा दुई देशका अधिकारीले त्यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र नेपालका लागि ब्रिटिश राजदूत निकोला पोलिटले त्यसमा हस्ताक्षर गरेका छन्।
समझदारीपछि मन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ, “यस समझदारीबाट नेपाली स्वास्थ्यकर्मीहरूलाई विधिसम्मत तवरले बेलायतको स्वास्थ्य क्षेत्रमा रोजगारीमा सहज संलग्न हुने वातावरण तयार हुने एवम् नेपाली स्वास्थ्य क्षेत्रमा संलग्न जनशक्तिको विकासमा समेत मद्दत पुग्ने विश्वास लिइएको छ।”
प्रतिकृया दिनुहोस्