काठमाण्डाै मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ ।
शून्य लागतमा नेपाली कामदारलाई मलेसिया लैजान मलेसियाको विस्टर्न टेक्नोलोजी र नेपालमा रहेको म्यानपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनलबीच द्वीपक्षीय सम्झौता भएको छ ।
सम्झौतापत्रमा विस्टर्न टेक्नोलोजीका तर्फबाट डेपुटी जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेशनलका तर्फबाट अध्यक्ष विष्णुबहादुर केसी तथा लालधनुष इन्टरनेशनलका तर्फबाट अध्यक्ष दावा नवाङ शेर्पाले हस्ताक्षर गर्नु भएको छ ।
सम्झौताअनुसार यो कम्पनीमा दुई म्यानपावर कम्पनीमार्फत नेपाली श्रमिक शून्य लागतमा मलेसिया जान पाउनेछन् । मलेसियाको यो कम्पनीले पहिलो चरणमा ४ सय ५० श्रमिक लैजान लागेको छ ।