डा. राजेन्द्र भद्रा, तपाईंको प्रश्नको जवाफ दिनुभन्दा पहिले मानव यौन प्रतिक्रिया चक्रका बारेमा चर्चा गर्नु उपयुक्त होला । यसका चरणहरू १. उत्तेजनाको चरण, २. Plateau चरण, ३. चरमसुख चरण र ४.
Resolution Phase (रिजोलुसन चरण) हुन् । प्लाटो फेजमा भएको यौनलाई निरन्तर रूपमा बढाउँदै लान सकिए एउटा त्यस्तो बिन्दुमा पुगिन्छ जसमा पुगेपछि व्यक्ति यौन तनावबाट मुक्त हुन्छ । यही बेला मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दहरूमध्ये सम्भवत: सर्वोत्कृष्ट सुख अनुभव गर्छ । यसैलाई चरमसुख भनिन्छ ।
Plateau Phase मा महिलाहरूमा योनिद्वार अझ खुल्ने तथा त्यसवरिपरिको भाग फुलेर अर्थात् ठूलो भएर आउँछ । यसरी योनिद्वार वरिपरिको भाग बढ्ने भएकाले भगांकुर अलि भित्र दबेजस्तो देखिन्छ भने स्तनको आकार केही बढ्छ । आधाभन्दा बढी महिलामा अनुहार र छाला रातो (Sex Flush) हुन्छ । पुरुषले जस्तै यो चरणमा महिलाले पनि आन्तरिक न्यानोपन तथा दबाब महसुस गर्छन् ।
मांसपेशीहरूमा तनाव पैदा हुन्छ, मुटु तथा स्वासप्रश्वासको गति एकदम तीव्र हुन्छ तथा रक्तचाप बढ्छ अनि चरमसुखको चरणमा मांसपेशीहरूमा निकै तनाव आई आफैं खुम्चने तथा खुल्ने हुन्छ । स्वास–प्रश्वास तथा मुटुको गति बढेर दोब्बर हुन्छ र रक्तचापसमेत वृद्धि हुन्छ । महिलाहरूमा पाठेघर तथा योनिको बाहिरी भाग तथा शरीरको तल्लो भागका मांसपेशीहरू खुम्चने तथा फुक्ने हुन्छ । पूर्ण चरमसुख प्राप्त गर्ने क्रममा मांसपेशी खुम्चने–फुक्ने क्रम १० देखि १५ पटकसम्म चल्छ ।