काठमाडौं महानगरबाट ठेलागाडा खोसिएकी शर्मिलालाई एक महिनाको तलब दिने हर्क साम्पाङको घोषणा

अषोज २९, २०७९ शनिबार 107

काठमाडौं महानगरबाट ठेलागाडा खोसिएकी शर्मिलालाई एक महिनाको तलब दिने हर्क साम्पाङको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाले ठेलागाडा खोसेपछि अलपत्र परेकी शर्मिला तामाङलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक महिनाको तलब दिने घोषणा गरेका छन् ।

 

 

 

 

मेयर बालेन शाहको आदेशमा नगर प्रहरी प्रमुख राजु पाण्डेले थापाथलीबाट शर्मिलाको ठेलागाडाका सामान फाल्नुका साथै गाडा लिएर गएका थिए ।

शर्मिलाले गाडा समातेर रोइरहेको फोटो र भिडिओ भाइरल भइरहेको बेला हर्कले फेसबुकमा फोटो शेयर गर्दै भनेका छन्-

यी बैनी को हुन् रु यिन्लाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु, जय मान्छे ।

प्रतिकृया दिनुहोस्