काठमाडौं । नेपालमापनि टेस्टट्युब बेबीको प्रयोग बढेको छ । निःसन्तानलाई वरदान सावित टेस्टट्युब बेबीका लागि बिर्य चाहिन्छ । महिलाको पाठेघर सबै ठीक छ। तर, पुरुषको शुक्रकीटमा समस्या छ भने त्यस्तो समस्यामा आईयूआई विधि अपनाइन्छ। यो विधि भनेको पाठेघरमा सोझै पुरुषको शुक्रकीट राख्ने विधि हो। यो विधिबाट पनि बच्चा नभएकालाई आईभीएफ विधिमा लगिने गरिन्छ ।
आईयूआई भनेको चै योग्य पुरुषबाट कुनै उपयुक्त भाँडोमा शुक्रकीट जम्मा गरिन्छ । उक्त शुक्रकीटलाई नलीको माध्यमबाट महिलाको पाठेघरको भित्तामा पुर्याएर छोडिन्छ ।
तर महिलाको पाठेघरको ट्युबमा समस्या छ, गर्भ निषेचन प्रक्रिया (फर्टिलाइजेसन) हुन सक्ने अवस्था छैन र पुरुषकोपनि बिर्य कमजोर छ भने आईभीएफ विधि प्रयोग गरिन्छ ।
आईयूआई गरेर पनि बच्चा नहुने, अण्डा नै उत्पादन नहुने, महिनावारी नियमित नहुने महिलाका लागि आईभीएफ विधि अपनाइँदैन।bकतिपय जोडीले आईयूआई र आईभीएफ विधिबाट सन्तान पाएका धेरै उदाहरण छन् । उनीहरुका लागि बिर्य दाता चाहिन्छ ।
टेस्टट्युब बेबी : निःसन्तानलाई वरदान, ‘नेपालमा कहाँ छ कति खर्च लाग्छ’?
नेपालमा धेरै आईयूआई र आईभीएफ विधिको सेवा दिने स्वास्थ्य संस्था छन् ।
सातदोबाट स्थित क्रियटर्स नेपाल नामक आईभीएफ केन्द्रले योग्य युवकको बिर्य दान लिने गरेको छ । यसरी बिर्य दान लिँदा क्रियटर्स नेपाल आईभीएफ केन्द्रले एक पटकको एक हजार रुपैयाँ रकम दिने गर्दछ । हरेक तीन दिनमा एक पटक सोही व्यक्तिको बिर्य संकलन गर्ने गरेको त्यहाँ ल्यावमा कार्यरत एक अधिकारीले बताए ।