यी हुन २० वर्षमै जहाजको इलेक्ट्रिकल टेक्निसियन बनेकी लक्ष्मी (भिडिओ)

ओखलढुंगाकी २३ वर्षीया लक्ष्मी सुनुवारले जहाजको इलेक्ट्रिकल टेक्निसियनका रूपमा काम गरेको तीन वर्ष बढी भयो। कलिलो उमेरदेखि नै प्राविधिक क्षेत्रमा होमिएकी लक्ष्मी अहिले बुद्ध एयरसँग आवद्ध छिन्।

 

 

 

 

 

उनले कुनै जहाज उड्नुअघि र अवतरण भएपछि उक्त जहाजको तार लगायत अन्य विद्युतीय सामग्री ठीक छ वा छैन भनेर जाँच गर्छिन्। साथै जहाजमा इन्धन भर्ने र अवतरण क्रममा जहाजलाई ‘ट्याक्सी-वे’ सम्म बाटो देखाउने काम पनि गर्छिन्।

गाउँको सरकारी स्कुलबाट माध्यमिक शिक्षा हासिल गरेकी उनले जहाजमा काम गर्नुअघि झन्डै छ महिना द्वारिका होटलमा इलेक्ट्रिकल टेक्निसियनकै काम गरेकी थिइन्। उनले महिलाहरू निकै कम जोडिएको यस क्षेत्रमा आफू काम गर्नु पाउँदा गर्व लाग्ने सुनाइन्। इच्छाशक्ति भए महिलाहरूले पनि जस्तोसुकै काम गर्न सक्ने लक्ष्मी बताउँछिन्।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *