श्रीमान् बेपत्ता भएको दुई दिन भएको थियो। तेस्रो दिन एकाबिहानै फोन आयो( ‘हजुरको श्रीमानको लास भेटिएको छ, सनाखतको लागि आउनु होला।
एक्कासी आफूमाथि बज्रपात खसे झैं लाग्यो। म एक्कासी मौन भएर टोलाएको देखेर प्रश्न गर्ने साना छोराछोरीलाई जवाफ पनि फर्काउन सकिनँ। बस् मौन रहेँ एकछिन, आफूलाई सम्हाल्न खोजेँ।
एक मनले त हैन होला भनेर मनमा प्रश्न आउँथ्यो। छोराछोरीलाई खाना दिएर फुपूसँग राखेँ, आफू अस्पताल तिर लागेँ।
श्रीमानको सासबिनाको लास देखेर मन थाम्न सकिनँ। सबैतिर रुवाबासी चल्यो। व्यक्तिपिच्छे अड्कल काट्न थालियो। ‘श्रीमतीले गर्दा त होला नि अनि फलानो ढिस्कानो‘।