एजेन्सी । व्यापार प्रवर्द्धनका लागि विभिन्न खालका आर्कषक अफरहरु सुनिन्छ । जस्तै, ‘एउटा सामान किन्दा अर्को सामान सित्तैमा’ लगायत अफर सुनिएकै हो । तर भर्खरै यो अफरलाई पनि चुनौति दिँदै बजारमा ‘घर किन्दा श्री मती सित्तैमा’ भन्ने अनौठो अफर अहिले चर्चामा छ ।
यो अनलाइन विज्ञापनको सुरुवाती हिस्सा सामान्य विज्ञापन जस्तो छ र यसमा घरमा रहेका विशेषता उल्लेख गरिएको छ । तर अन्त्यतिर भने दुर्लभ अफर प्रस्तुत गरिएको छ ।
जसमा भनिएको छ जसले यो घर किन्नुहुन्छ उसले यो घरकी मालिक्नीसँग बिहेको प्रस्ताव गर्न सक्नुहुन्छ ।’ विज्ञापनमा घर मालिक्नीको तस्वीर समेत दिइएको छ ।
विना लिया नामकी ती ४० वर्षे महिला श्रीमानको मृस त्युसंगै हाल एकल महिलाको रुपमा रहेकी छिन् र उनको आफ्नो सैलुन समेत छ ।यो घर गम्भीर खालका क्रेताहरुको लागि मात्र रहेको र यसमा कुनै सौदाबाजी नहुने विज्ञापनमा उल्लेख गरिएको छ ।
जाभा द्विपस्थित स्लेम्यानमा रहेको यो घरको मूल्य ९ करोड ९९ लाख इण्डोनेसियन रुपैयाँ अर्थात् झण्डै ७५ हजार अमेरिकी डलर तोकिएको छ । एएफपीका अनुसार घर मालिक्नी विना लियाको यो विज्ञापन इण्डोनेसियाका संचार माध्यममा मात्र होइन सोसल मिडियामा समेत निकै चर्चित बनिरहेको छ ।