७० हजार डाउन पेमेन्टमा पल्सर एनएस, यस्तो छ मासिक किस्ता

काठमाडौं । बजाजको आधिकारीक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले विक्री गर्दै आएको पल्सर एनएस १२५ किन्न चाहने मानिसले ७० हजार रुपैयाँ डाउन पेमेन्ट गर्दा पुग्नेछ ।

 

 

 

 

कम्पनीले संचालन गरिरहेको आधाको आधा स्कीममा मोटरसाइकलको मूल्यको २५ प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले एनएस १२५ खरिद गर्न सक्नेछन् । एनएस १२५ को मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ रहेको छ ।

कम्पनीले बाँकी ७५ प्रतिशत रकम कर्जा उपलब्ध गराउने छ । यसरी उपलब्ध कर्जा दुई वर्ष भित्र मासिक १० हजार रुपैयाँको दरले तिर्न सकिने छ ।

पल्सर सिरिजकै सबैभन्दा सानो मोटरसाइकल एनएस १२५ हुबहु एनएस २०० जस्तै देखिन्छ । कम्पनीले यसमा १२४.४५ सीसीको सिंगल सिलिण्डर एयर कुल्ड, टु भल्भ इलेक्ट्रोनिक्स एफआई इन्जिनको प्रयोग गरेको छ । बीएस सिक्स इन्जिनमा उपलब्ध यो मोटरसाइकलले अधिकतम १२ पीएस पावर र ११ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।

एनएस १२५ को अगाडि टेलिस्कोपिक फर्क र पछाडि निट्रो मोनोशक रहेको मोटरसाइलको अगाडि २४० एमएमको डिस्क र पछाडि १३० एमएमको ड्रम ब्रेक दिइएको छ । कम्बी ब्रेकिङ सिस्टम, १७ इन्चको अलोय ह्वील, १२ लिटरको इन्धन ट्याङ्क, १७९ एमएमको ग्राउन्ड क्लियरेन्स यसमा पाउन सकिन्छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *