मलाइ स्त”न ठुला बनाउन मन छ के गर्नहोला ?

कार्तिक १, २०७९ मंगलबार 498

मलाइ स्त”न ठुला बनाउन मन छ के गर्नहोला ?

म स्रोह वर्षीया युवती हुँ । मलाई ज्ञान भएअनुसार महिलाको स्तन विकास १४ देखि १६ वर्षभित्रमा भैसक्छ । यो अ’ङ्ग महिलाका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ, तर मेरो भने धेरै सानो छ र अरूका अगाडि मलाई असजिलो महसुस हुन्छ । यदि स्तनलाई प्राकृतिक रूपमा बढाउने कुनै उपाय छ भने कृपया बताइदिनु होला ।

 

 

 

 

 

सुझाव स्तन एक विशेष किसिमको ग्रन्थि हो जसले सन्तान उत्पादनपछि पोषणका लागि दूध बनाउँछ । बाल्यकालमा केटा र केटीको स्तन उस्तै हुन्छ, तर किशोरावस्थामा पुगेपछि केटीहरूमा स्तनको विकास तीव्र गतिमा हुन थाल्छ ।

स्तनको वृद्धि धेरैजसोमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ । सामान्यत दुई तीन वर्ष ढिलो चाँडो हुन सक्छ । तपाईंले भन्नुभएको १६ वर्षभन्दा केही पछिसम्म पनि जान सक्छ ।

मुख्यतया स्तनको आकारको निर्धारण आन्तरिक रस ‘हार्मोन’ हरूले गर्ने भए पनि व्यायाम तथा पोषणको सकारात्मक प्रभाव पर्छ ।

तपाईंको तौल के कस्तो छ नलेखिएकाले यसै भन्न सकिएन । अर्को कुरा, तपाईंकी दिदी हुनुहुन्छ भने उहाँको स्तन कत्रो छ ध्यान पुर्‍याउनुहोला । कतिपय दिदी बहिनीमा समानता रहेको पाइन्छ ।

प्रतिकृया दिनुहोस्