दुनियाँका हरेक कुनामा केही न केही अनौठा चिज भैरहेका हुन्छन् । यस्तै अचम्मको कुरा चीनमा भैरहेको छ । चीनको गुआंगडोंगमा तपाइँ केवल १६ रुपैयाँ बराबरको रकममा गर्लफ्रेण्ड पाउन सक्नुहुन्छ ।
गुआंगडोंगको हेयुआन सहरमा रहेको द भाइटेलिटी सिटी सेन्टर नाम एक शपिङ कम्प्लेक्समा निकै सुन्दर मोडेलहरु उभिइरहेका हुन्छन् ।
त्यहाँ गएर कुनै पनि पुरुषले आफूलाई मन परेको युवतीलाई १ चिनियाँ युआन अर्थात् १६ रुपैयाँ बराबरको रकम तिरेर २० मिनेटसम्म आफ्नो गर्लफ्रेण्ड बनाएर लैजान सक्दछ ।
यदि २० मिनेटभन्दा धेरै समयसम्म ती युवतीसँग समय बिताउन चाहेमा समय अनुसारको थप रकम भुक्तान गर्नुपर्दछ ।