‘मन भएर एउटै कोठामा बसेको होइन, बाध्यताले बसेको हुँ’ -सन्दीप

काठमाडौँ – बला-त्कारको आरोप लागेका नेपाली क्रिकेट टीमका निलम्बित कप्तान सन्दीप लामिछानेसँग सरकारी वकिलको कार्यालयले लिएको बयान सकिएको छ ।

 

 

 

 

सन्दीपले आफू काठमाडौंको होटलमा पीडित भनिएकी युवतीसँग भदौ ५ गतेको रातिमा सँगै बसेको स्वीकारेका छन् । तर, बला-त्कार भने नगरेको बयान उनले दिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए ।

‘उहाँ (सन्दीप)ले आफू होटलमा गएको कुरा स्वीकार्नुभएको छ, तर बला-त्कार भने नगरेको उहाँको जिकिर छ,’ ती अधिकारीले भने, ‘उहाँ होटलमा गएको कुरा सीसीटीभीले पनि प्रमाणित गरको छ ।’

उनका अनुसार सन्दीपले भदौ ५ गते नगरकोट घुम्न गएको कुरा पनि बताएका छन् । उनले घुम्न जाने र बस्ने सबै कुरा पीडित किशोरीको सहमतिमा भएको बयान दिएका छन् ।

सन्दीपले त्यो दिन होटलमा कोठा नभएकाले एउटै कोठामा बस्नु बाध्यता भएको पनि बताएका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *