नेपालमा हिन्दु परम्परा अनुसार बिबाह भन्नाले दुई बिपरीतलिङ्गी अर्थात महिला र पुरुषबिच बाँकी जीवन सँगै बिताउने बाचा गरि गरिएको एउटा बन्धनको प्रचलनलाई बुझिन्छ ।
तर पछिल्लो समय केटाकेटा र केटिकेटिबिच पनि बिबाह भएको पनि हामी सुन्न अनि देख्न थालेका छौं ।
आजको घटना पनि यस्तै प्रकृतिको रहेको छ । केही युबायुबतीहरुले यस्तो प्रयास आफुखुशी गरेतापनी यसलाई समाजले भने स्विकारेको पाईदैन ।
पाल्पाको डुम्रेमा जन्मिएकी उर्मिला पौडेल र दाङ्को तुलसिपुर गाउँपालिका १५ कि दिपा थापा पौडेलबिच बिबाह भएको एक बर्ष पुगिसकेको छ ।
उनिहरुको एकअर्काप्रतिको माया देख्दा लाग्छ यो संसारमा मायाभन्दा ठूलो के नै रहेछ र रु सानै उमेरदेखि अरु महिला र पुरुषबिच भएको बिबाहप्रति आफुलाई घृणा लाग्ने गरेकोले केटिकेटी बिबाह गरेको उनिहरु बताउँछन ।
समाजले कुन नजरले हेर्छ भन्दापनि आफुलाई खुशी के बाट मिल्छ भन्ने कुरामा आफुहरुले जोड गरेको बताउँछन उनी हरु । बाँकी हेर्नुस तलको भिडियोमा: