काठमाडौं । उत्तराखण्डको केदारनाथ धाममा हेलिकप्टर दुर्घटना भएको छ ।
केदारनाथबाट २ किलोमिटर टाढा गरुडछट्टीमा हेलिकप्टर दुर्घटना भएको हो ।
समाचार एजेन्सी एएनआईका अनुसार उद्धार टोली घटनास्थलमा पुग्ने प्रयास गरिरहेको छ ।
मिडिया रिपोर्टमा खराब मौसमका कारण यो दुर्घटना भएको बताइएको छ ।
तर, अहिलेसम्म आधिकारिक पुष्टि भने भएको छैन ।
मिडिया रिपोर्टका अनुसार यो हेलिकप्टर निजी कम्पनीको थियो र यसमा ५ जना यात्रु सवार थिए ।