बक्स अफिसमा दुइ नम्बरी सुपरहिट, कति कमायो ?

काठमाडौं । दयाहाङ राई र सौगात मल्ल स्टारर कमेडी तथा सोसल ड्रामा ‘दुई नम्बरी’ले घरेलु बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको छ ।

प्रदर्शनको १२ दिनसम्म फिल्मले देशव्यापी ६ करोड रुपैयाँ ग्रसभन्दा बढी कमाइ गरेको छ । पहिलो साता साढे चार करोड रुपैयाँ कमाएको फिल्मले दोस्रो सप्ताहन्तमा स्थिर गतिमा कमाउन सक्यो ।

दोस्रो साताको विकडेजमा अकुपेन्सी केही घटे पनि निराशाजनक आँकडा चाहिं छैन । प्रस्तुतकर्ता किरण नेपालीले १२ दिनसम्मको कमाइलाई लिएर खुसी व्यक्त गरे ।

वर्ष २०७९ को अर्धवार्षिक कमाइ हेर्दा ‘कबड्डी ४’पछि प्रेमगीत ३, झिंगेदाउ र दुई नम्बरीले मात्र आफूलाई बक्स अफिसमा हिट तुल्याउन सकेका छन् ।

यसैबीच, दर्शकले बुधबारदेखि दुई नम्बरीमा केही नयाँ ध्वनि र दृश्य देख्न सक्नेछन् ।

निर्माताले ध्वनि र दृश्यमा केही काँटछाँट गर्दै बुधबारदेखि ‘दुई नम्बरी’लाई हलमा पठाएका छन् । प्रस्तुतकर्ता नेपालीले आठ मिनेट लामो दृश्यलाई पुनः सम्पादन गरिएको बताए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *