के दिपाश्री निरौला विवाह गर्नै लागेकी हुन् ? को हुन् यी धनाढ्य व्यक्ति ?हेर्नुहोस

काठमाडौं ।

केही दिनदेखि चर्चित हास्य कलाकार निर्मात्री एवम् नायिका दिपाश्री निरौलाले विवाह गर्न लागेको खबर एकाएक भाइरल भएको छ । सामाजिक संजाल र केही संचार माध्यमले उनको विवाह हुन लागेको खबर बाहिरिएसँगै उनको विवाह कोसँग हुन लागेको हो भन्ने चासो चुलिएको छ ।

दीपाश्री निरौला नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री तथा हाँस्यकलाकार हुन्। उनले रेडियो नाटकबाट आफ्नो अभिनय सुरु गरेकी हुन्। लोकप्रिय टेलिश्रृंखला ‘तीतो सत्य’ मा लामो समय हाँस्य कलाकारको रुपमा अभिनय गरेकी निरौला नेपाली चलचित्र ‘छक्का पन्जा’ को निर्देशक पनि हुन्।

उनले एक व्यापारिक घरानका व्यक्तिसँग विवाह गर्ने तयारी गरेको स्रोतले जनाएको छ । एक व्यापारिक घरानाका व्यक्तिसँग विवाह गर्ने तयारी भएको दिपाश्रीको हुनेवाला पतिको नाम र ठेगाना भने खुलेको छैन । ‘यहि मंसिरमा दिपाश्री निरौलाको विवाह हुने पक्कापक्की जस्तै भएको छ’, स्रोतले भन्यो, ‘अहिले नै को व्यक्ति र कहाँको व्यक्ति भन्ने नखुलाउँ, अहिलेलाई विवाह हुन लागेको हो भन्ने मात्रै बुझौँ ।’

नेपाली फिल्मको पछिल्लो समयकी सफल निर्देशक तथा कलाकार हुन् दिपाश्री निरौला । उनी पुरुष निर्देशक भन्दा कुनै कुरामा कमी देखिएकी छैनन् । उनले चलचित्र क्षेत्रमा अलग पहिचान बनाएकी छिन् । उनका सबै फिल्मले नयाँ रेकर्ड कायम राखेका छन् । उनी २०३२ सालमा विराटनगरमा जन्मिएकी हुन् । रेडियो नाटकबाट उनले आफ्नो अभिनय यात्रा सुरु गरेकी हुन् ।

रेडियो हँदै टेलिभिजनमा प्रवेश गरेकी दीपाको जोडी दीपकराज गिरीसँग जमेको छ । उनीहरुको जोडीलाई नेपाल टेलिभिजनबाट प्रशारित भएको हास्य कार्यक्रम तितो सत्यमा निकै मन पराएका थिए ।

दीपाले ‘तितो सत्य’ भन्दा अगाडी गाउँले, चादनी, संगिनी जस्ता राम्रा फिल्ममा अभिनय गरीसकेकी थिइन् । ३० वर्षदेखि सँगै काम गर्दै आएका दीपकराज गिरी अहिले पनि दिपासँगै छिन् । तर, उनी अब वैवाहिक जीवनमा बाँधिन लागेकी हुन् । यसअघि एक टेलिभिजन कार्यक्रममा कानुनले नरोक्ने हो भने आफूले दिपकराज गिरीसँग विवाह गर्ने भनेर दिपाश्रीले अभिव्यक्ति दिएकी थिइन् ।

उनले अब आफू वैवाहिक जीवनमा बाँधिन लागेको भए पनि आफू र दिपकवीचको सम्बन्धमा कुनै दरार नआउने समेत जिकिर गरेकी छिन् । अर्को पुरुषसँग विवाह गर्दा पनि दिपकराजसँगको सहकार्य नटुट्ने दिपाश्री निरौलाले आफू नजिकका व्यक्तिहरुलाई भन्न थालेका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *