उनले एक युट्यव च्यानललाई दिएको अन्तरवार्तामा आफु बाबु विनाको आमा बन्न चाहेको उल्लेख गरेकी छिन् ।
आफु अहिले तीस वर्षको भएको भन्दै अबको पाँच वर्ष पछि कुनै पुरुषसँग यौ नसम्पर्क गरेर बच्चा जन्माउने योजना रहेको बताएकी हुन् ।उनले पुरुषलाई भाडामा लिएर आमा बन्न लागेको विषय अहिले चर्चामा आएको छ ।
विशेष गरेर पश्चिमा देशहरुमा चर्चामा रहेको सिंगल मदर नेपालमा पनि आफुले सुरु गर्न लागेको जनाएकी छिन् ।
यसमा कुनै पनि महिलाले आफुले चाहेको पुरुषसँग केही रकम दिएर यौनसम्पर्क राख्ने गर्छन तर त्यो युवक त्यो बच्चाको बुवा भने हुँदैन ।
अहिले महिलाहरुले पनि पुरुषका लागि सन्तान जन्माउने गरेका घटनाहरु समयसमयमा चर्चामा आउँने गर्दछन् ।
फेवाको किनारबाट रङकर्मीले देखे ‘प्योर प्रकृति’
–नारायण ढुङ्गाना/पोखरा, ४ असोज (रासस)ः विश्वमै ख्यातिप्राप्त पर्यटकीय नगरी पोखरा, अनि यसको मुटु फेवातालका किनारमा पर्यटकको चहलपहल थियो । प्राकृतिक सुन्दरताले भरिएको फेवाताल र आसपासका दृष्यपान गर्दै आफ्नै लयमा रमाइरहेका थिए स्वदेशी तथा विदेशी पर्यटक । कतै तस्वीर खिच्दै गरेका त कतै सेल्फीमा रमाइरहेका थिए उनीहरु ।
फेवामा तैरिरहेका डुङ्गा छालसँगै चलमलाइरहेका थिए । केही डुङ्गा पर्यटक बोकेर घरी तालबाराही मन्दिर त घरी फेवा किनार आवतजावतमा व्यस्त थिए ।
त्यही बीचमा देश–विदेशका एक सय १८ चित्रकारको हुल पनि मिसिएपछि सोमबारको जमघट बाक्लिएको थियो । पोखरामा पर्यटकहरू आउने क्रम सुरु हुनै लागेकाले अझै सोचेअनुसार पर्यटक आइपुगिसकेका छैनन् ।