चर्चित लोक दोहोरी गायिक बबिता बानियाँ उर्फ जेरी र शंकर क्षेत्री विवाह बन्धनमा बाँधिएका थिए ।
धुमधाम सँग विहे भएका र आदर्श जोडीको उपमा पाएको बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्रीको विवाह भएको अढाइ बर्ष मात्र पुग्दा सम्बन्ध डिभोर्ससम्म पुगेको समाचार अहिले भाइरल भइरहेको छ ।
बिगत लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्दै विवाह बन्धनमा कसिएका गायन जोडीलाई दर्शकहरुले निकै रुचाएता पनि उनीहरुको माया धेरै दिन टिक्न सकेन ।
जेरीले आफ्नो फेसबुकमा Feeling empty at ktm district court स्टाटस पनि लेखेकी छिन् ।
आदर्श जोडीको उपमा पाएको उनीहरुको सम्बन्ध अन्ततः नरहने पक्कापक्की भएको हो । यो जोडी आज काठमाडौं जिल्ला अदालतमा डिभोर्स गर्नका लागी पुगेको थियो । पा्रबिधिक कारणले आज उनीहरुको डिभोर्स गर्ने काम सम्भव भएन् ।
दिउसो १ बजे अदालत पुगेका उनीहरु साढे ५ बजे घर फर्केका हुन् । आफुहरुले सम्बन्धन बिच्छेद गर्न लागेको विषयमा भने उनीहरुले आधिकारिक रुपमा बोलेका भने छैनन् । दुवै जना लोकदोहोरी गायक हुन् ।