काठमाडौं । पछिल्लो समय अभिनेत्री वर्षा सिवाकोटी सामाजिक सञ्जालमा प्रायस् चर्चामा रहने गरेकी छिन् । अमेरिकामा बसोबास गर्ने आशिष गेलालसँग वर्षाले विवाह गरेकी छिन् ।
उनका तस्विरलाई लिएर बेला बेलामा ट्रोल गरिन्छ । तर यतिबेला उनी एक गम्भीर कारणले चर्चाम आएकी छिन् ।
उनलाई ‘माइनर हार्ट अट्याक’ भएको छ । उनले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराइन् ।
उनलाई बुधबार अपरान्ह हृदयघात भएको हो ।
त्यसपछि अभिनेत्रीलाई ललितपुरस्थित मेडिसिटी अस्पताल लगियो । परीक्षणपछि अहिले निवासमै आराम गरिरहेको पनि उनले फ्यानहरूलाई सु:खद खबर दिइन् ।
उनलाई चिकित्सकले धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन् ।
बुधबार अचानक आएको भूकम्पका कारण आफूलाई मिनी–हार्ट अट्याक भएकोउनको भनाई छ ।
२७ वर्षीया अभिनेत्री पछिल्लो समय देश विदेश घुमघाममा व्यस्त थिइन् ।