वर्षा भन्छिन्- ‘चलचित्र ‘प्रकाश’ हेरेपछि प्रदीपको ठुलो फ्यान भएकी छु’ हेर्नुहोस (भिडियो)

कार्तिक ४, २०७९ शुक्रबार 94

वर्षा भन्छिन्- ‘चलचित्र ‘प्रकाश’ हेरेपछि प्रदीपको ठुलो फ्यान भएकी छु’ हेर्नुहोस (भिडियो)

कम चलचित्र खेलेर दर्शकको मनमा बस्न सफल नायक हुन् प्रदीप खड्का। एकपछि अर्को चलचित्रमा राम्रो काम गर्दै आएका प्रदीप दर्शकको मात्रै होइन निर्माताको मनमा समेत बसेका छन् ।

झन् प्रदीप अभिनित पछिल्लो चलचित्र ‘प्रकाश’ रिलिज भएपछि त उनका फ्यान एवम् शुभचिन्तक ह्वात्तै बढेका छन् ।

दर्शकले मात्रै होइन अधिकांश चलचित्रकर्मीले समेत ‘प्रकाश’ हेरेपछि प्रदीपको खुलेरै तारिफ गरेका थिए।यसैबीच, पछिल्लो समयमी डिमान्डेड नायिका वर्षा राउतले पनि ‘प्रकाश’ हेरेपछि प्रदीपको तारिफ गरेकी छिन् । नेपाली नायकहरु मध्य आफुलाई प्रदीप मनपर्ने वर्षाले बताएकी छिन् ।

त्यस्तै, एक मिडियामा अन्तर्वार्ता दिने क्रममा वर्षाले आफू प्रदीपको फ्यान भएको भन्दै प्रदीपको झन् तारिफ गरेकी छिन् । उनले एपिवन टिभीबाट प्रसारण हुने कार्यक्रम ‘दि प्रकाश सुवेदी शो’मा बोल्दै उनले भनिन्, ‘

चलचित्र ‘प्रकाश’ हेरेपछि त म प्रदीपको एकदम ठुलो फ्यान भएकी छु। उहाँ एकदम राम्रो कलाकार हुनुहुन्छ। निकै हम्बल मान्छे हुनुहुन्छ।’

वर्षा अभिनित नयाँ चलचित्र ‘के घर के डेरा’ यही कार्तिक ४ गतेबाट प्रदर्शनमा आउँदैछ । यही चलचित्रको प्रोमोसनको लागि वर्षा यतिबेला विभिन्न मिडियामा अन्तर्वार्ता दिन व्यस्त छिन् ।

प्रतिकृया दिनुहोस्