काठमाडौं : हिस्टोरिया ग्रिक शब्द हिस्टरोन अर्थात् पाठेघरबाट आएको शब्द हो । दुई हजार वर्षअगाडि हिप्पोक्रेटस भन्ने ग्रिक चिकित्सकले यो समस्या महिलामा मात्र देखे र महिलाको प्रजनन अंग पाठेघरसँग सम्बन्धित ठानेकाले त्यतिबेला हिस्टेरिया भन्ने नामकरण गरे । वर्षौंसम्म यो समस्यालाई यसैगरी हरियो । तर अनुसन्धानहरूले यो समस्याको यौनसँग कुनै सोझो सम्बन्ध नभएको तर तनावसँग सम्बन्धित भएको देखाए ।
हिस्टेरिया रोग खास गरेर विवाह नभएका युवतीलाई धेरैजसो लाग्ने गर्दछ । विवाह गरिसकेका महिलालाई पनि यो रोगले सताउन सक्छ । हिस्टेरिया भनेको उत्तेजना हुनु हो । युवतीलाई सम्भोग गर्न धेरै मन लाग्नु वा धेरै चाहना हुनु हो । समयमा अनि आफूलाई धित मर्ने गरी यौन मजा लिन नपाएको खण्डमा यो रोगले सताउने गर्छ ।
– यौ’नसम्बन्धी समस्याहरूले तनाव
– अनुसन्धानका अनुसार तनावका कारण हुन्छ ।
– तनावको प्रकार जस्तो पनि हुन सक्छ ।
– पढाइलेखाइको तनाव ।
– पारिवारिक तनाव ।
– नाता-सम्बन्धको तनाव
– आर्थिक तथा सामाजिक तनाव
– प्रतिस्पर्धाको तनाव
– कामनापूर्ति नहँदाको तनाव
– इज्जत प्रतिष्ठाको तनाव आदि ।
– संकीर्ण समाजमा यौनसम्बन्धी समस्याको तनाव निकै हुने गर्छ ।
अतः यस्ता अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा परिवर्तन (कन्र्भट) भई आजकल यो समस्या कन्भर्जन डिसर्डर भनेर चिनिन्छ । अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा प्रकट हुने समस्या नै हिस्टेरिया हो ।
हिस्टेरिया अवचेतन मनको खेल हो । जसलाई बिरामीले मानसिक आघातको विरुद्धमा प्रयोग गर्छ । कुनै इन्फेक्सनमा ज्वरो आउनुजस्तै यो पनि एक किसिमको मनोवैज्ञानिक प्रतिरक्षा हो ।