साउन २६ गते बिहिवार , हेर्नुहोस यस्तो छ तपाइको राशिफल

साउन २५, २०७९ बुधबार 1769

साउन २६ गते बिहिवार , हेर्नुहोस यस्तो छ तपाइको राशिफल

मेष । श्रमको उचित मूल्याङ्कन हुनेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहला । कुनै कुराले मनमा शान्ति छाउला ।

वृष । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक धन खर्च होला । गरेका कार्यमा ढिलासुस्ती हुनेछ ।

मिथुन । आज वित्तिय संस्था बाट सहयोग पाइनेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । शुभकार्यको चर्चा चल्नेछ ।

कर्कट । शुभ कार्यमा सरिक भइनेछ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ ।

सिंह । धर्मकर्म, आराधना र उपासना गर्न पाइनेछ । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । रोकिएको धन हात पर्ला । स्वादिष्ट भोजन पनि पाइनेछ ।

कन्या । गर्न खोजेका काममा सर्वत्र बिघ्नबाधा देखा पर्नेछ । सोचेका काममा उल्टापाल्टा परिणाम आउने अवस्था छ, तर साँझमा शुभ समाचार मिल्नेछ ।

तुला । आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । सोचेको र चिताएको कामले तीव्रता लिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ ।

वृश्चिक । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शुभकार्यको चर्चा चल्ने र सफल यात्राको योग पनि छ ।

धनु । रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ । अतिथिको सेवा होला ।

मकर । आज कार्यमा अवरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा बढी धन खर्च हुनेछ ।

कुम्भ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पठनपाठनमा प्रगति हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

मीन । आज धर्मकर्ममा रुचि बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । अधुरो र नयाँ कार्यको थालनी हुनेछ । शुभ समाचार पनि सुन्न पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रतिकृया दिनुहोस्