लाेकप्रिय गायक प्रकाश सपुतलाई पुत्रलाभ!

काठमाडौं

गायक प्रकाश सपुतलाई पुत्रलाभ भएको छ । उनकी पत्नी विन्दू बोहराले शनिबार राजधानीको एक अस्पतालमा पुत्रलाई जन्म दिएकी हुन् ।दम्पतीको यो दोस्रो सन्तान हो ।

सातवर्षअघि उनीहरुले छोरीलाई जन्म दिएका थिए ।

प्राप्त तस्वीरमा प्रकाश र उनकी पत्नीलाई हर्षित मुद्रामा देख्न सकिन्छ । कामको कुरा गर्दा प्रकाश सपुत अभिनित फिल्म ‘परदेशी २’ फागुन पहिलो साता प्रदर्शन तयारीमा छ ।

गायक सपुत पछिल्लो समय सांगीतिक टूरमा पनि सक्रिय छन् । सपुतले हिमालय टिभीको आगामी रियालिटी शो ‘नेपाल लोकस्टार’को नयाँ सिजनलाई समेत होस्ट गर्दैछन् ।पछिल्ला

केही वर्ष नियमितजसो नेपाली साङ्गीतिक आकाशमा चम्किरहेका सपुतले २०६९ सालमा बिन्दुसँग प्रेम विवाह गरेका हुन् ।

** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *