यिनै हुन दौडँदादौडँदै लडेका भरत ‘अधुरै रह्यो देशको से वा गर्ने सपना’ धनगढी- अछामको मेल्लेख गाउँपालि का –६ झडिगाउँका २१ वर्षीय भरत बोहराले बाल्यकाल मा आ माको माया पाउन सकेनन। चार वर्षको उमेरमा आ माले सदाका लागि छोडेर गएपछि बाले पालनपोषण गरेर हुर्काए।
केही वर्षपछि बाले दोस्रो विवाह गरेर कान्छीआमा भित्र्या ए प छि उनैले भरतको स्याहारसुसार गरिन्। खेतीपाती र ज्याला, मजदुरी गरेर जेनतेन भरतले कक्षा १२ सम्मको अ ध्ययन गरे।
क,मजोर आर्थिक अवस्थाका कारण उनले उच्चशिक्षा अध्ययन गर्न नसकिने भएपछि पढाइ रोकेर रो जगारी खोजी गर्न थाले।सोही बेला नेपाल प्रहरीमा भर्ना खुलेको थाहा पाएपछि गाउँका अन्य साथीहरूसँगै उनले पनि आ वे दन दिए।