
क्वालालम्पुर : मलेसियाको पानासोनिक कम्पनीले कामदारको न्युनतम तलब वृद्धि गर्ने बारे सकारात्मक रहेको समाचार सार्वजनिक गरेको छ ।
मलेसिया सरकारले बिदेशी कामदारको लागि हालसम्म न्युनतम तलब RM 12 सय बाट 15 सय अनिवार्य गरेको छ ।
सो संगै मलेसिया कम्पनीले अब भने न्युनतम तलब वृद्धि गरेको सबैको १५ सयको साटो १९ सय बनाउने भएको बताइएको छ । जुन हालसम्मकै धेरै न्युनतम तलब रहेको बुझिएको छ ।
मलेसियामा बिदेशी कामदारलाई राम्रो सेवासुबिधा दिने कम्पनी मध्य मलेसियाको पानासोनिक अग्रस्थानमा आउने गर्छ ।
मलेसियामा बिदेशी कामदारलाई राम्रो सेवासुबिधा दिने कम्पनी मध्य मलेसियाको पानासोनिक अग्रस्थानमा आउने गर्छ ।
मलेसियाको अन्य कम्पनीले न्युनतम तलब वृद्धि गरिरहेको बेला मलेसिया सरकारले तोके अनुसारको तलब दिनुपर्ने लाई दबाब मलेसियामा रहेको ठुला कम्पनीहरुलाई पर्दै गएको छ ।
सोही अनुसार Micron memory ले पनि अब कामदारको न्युनतम तलब वृद्धि गरेर RM 19 सय बारे निर्णय लिएको बताइएको छ ।
स्थानीय संचार माध्यमका अनुसार कम्पनीले मे १ देखि नै सो बारे तलब प्रदान गर्मे बुझिएको छ ।
अहिले नेपालीको लागी मलेसिया रोजगार खुल्ला भैसकेको छ । करिब दुई बर्ष देखि बन्द मलेसिया रोजगार खुला भएको हो ।
प्रतिकृया दिनुहोस्