कतारको एयरपोर्ट बाट आयो १० हजार नेपाली कामदारको माग, मासिक तलब १ लाख भन्दा बढी

दोहा (कतार) । कतार एयरवेजले आफ्नो कार्यबलमा १० हजार कर्मचारी थप्दैछ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार कतार एयरले १० हजार कर्मचारी थप्न लागेको हो।

कतारले फिफा विश्वकपको तयारी भइरहँदा भुटबलको महाकुम्भ हेर्न विश्वभरबाट हुने यात्राको माग धान्न अनि कोरोना भाइरसको महामारी मत्थर हुँदै गएसँगै सीमा आरपार यात्रा बढेको समयमा कम्पनीले आफ्नो कार्यबल १० हजारले बढाउन लागेको हो ।

कम्पनीको कर्मचारी भर्तीको योजनाले हाल झन्डै ४५ हजार रहेको कम्पनीको कर्मचारी संख्या बढेर ५५ हजार माथि पुग्ने आफ्नो नाम नखुलाउने शर्तमा कतार एयरवेजका प्रवक्ताले बताएको भन्दै अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार छापेको छ ।

कोभिड मत्थर भएको अनि विश्वकपको तयारी तीव्र दरमा अगाडि बढिरहेको समयमा कतार एयरवेज वृद्धिको पथमा रहेको र यसले कम्पनीको हरेक क्षेत्रमा कर्मचारीको भर्ती गरिरहेको यही हप्ता रोयटर्सलाई पठाइएको एक विज्ञप्तिमा कम्पनीले भनेको थियो । नयाँ भर्ना गरिने कर्मचारीमध्ये कतिको जागिर स्थायी हुने भन्नेबारे कम्पनीले कुनै प्रतिक्रिया दिएको छैन ।

कोरोना भाइरसको महामारी उत्कर्षमा रहँदा यात्रा गन्तव्य ३३ कटौती भएर ३३ ओटा शहरमा सीमित भएपछि कम्पनीले कर्मचारीको संख्या घटाएर ३७ हजारभन्दा मुनि ल्याएको थियो । तर, हवाई सेवा सञ्चालन पुनः सामान्य रूपमा फर्किन थालेपछि भने कम्पनीले विस्तारै कर्मचारी भर्ना बढाएको थियो ।

कर्मचारी भर्ती कार्यक्रमहरू फिलिपिन्स, भारत र अन्य देशहरूमा हुने बताइएको छ । नोभेम्बर २० मा कतारमा विश्वकप शुरु भएपछि नयाँ कर्मचारीमध्ये कतिलाई राखिने भन्ने पनि स्पष्ट भइसकेको छैन ।

एक महिनासम्म प्रतियोगितामा कतारमा करीब १२ लाख आगन्तुक आउने अनुमान गरिएको छ । प्रतियोगिताले कतारको पूर्वाधार, आतिथ्य र सुरक्षा क्षेत्र सबैलाई दबाबमा राख्ने अनुमान गरिएको छ । एजेन्सी /

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *